काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६ सय ६३ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।
मंगलबार १ सय २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २५ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार बन्दीपुर केवलबारको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ९९ लाख रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ९२ रुपैयाँ पुगेको छ ।
साथै, मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ भने जोर्शी हाइड्रोपावरको सेयर मूल्य ४.९६ अंकले घटेको छ ।

