काठमाडौं । तारकेश्वर नगरपालिका–७ नेपालटार फुटुङ–साङला हुँदै गुर्जे भञ्ज्याङ जोड्ने सडकखण्डअन्तर्गत रहेको खड्ग भञ्ज्याङ पर्खाल निर्माण कार्यको नगरप्रमुख कृष्ण हरि महर्जनले प्राविधिक टोलीसहित अनुगमन गरेका छन्।
अनुगमनमा वडा–७ का वडाध्यक्ष सानुकाजी खत्री, इन्जिनियर उज्ज्वल न्यौपाने, वडा सदस्यहरू, वडा प्राविधिक पंख शाही तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सडक सुरक्षा र स्थायित्वका लागि महत्वपूर्ण मानिएको पर्खाल निर्माण योजनाको सम्झौता रकम रु. ७९,३८,६८२.४५ रहेको नगरपालिकाले जनाएको छ।

