काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृ शोक परेको छ । बालेनका पीता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन भएको हो ।
मुटुमा समस्या देखिएपछि रामनारायण शाहलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । उपचारको क्रममा शरिरका नशामा रगत जाम भएपछि उनको अवस्था थप जटिल बनेको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको हो । त्यसो त सोमबार रामनारायणलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेकी थिइन् ।

