काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा भएको भ्रष्टाचारको आरोपमा अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार आयागले आजै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । विशेष अदालतमा मुद्दा दायर गर्नका लागि आयोगले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
यस्तै सोही कार्यालयका ११औँ तहका कर्मचारी मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिइएको छ ।

