काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन् । बुधबार ९आज० मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजीनामा दिएको घोषणा गरेका छन् ।
विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजीनामा दिएका छन् । मुख्यमन्त्री यादवले धारणा राखि रहँदा ७ राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनीतिक दलको आलोचना गरेका थिए । उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजनीतिक दलले गरेको क्रियाकलापलाई असंविधानिक, अराजक र अशोभनीय रहेको बताए । उनले आजै आफ्नो राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए ।

