काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र पूर्व महानिर्देशक मुरारी भण्डारीलगायतका विरुद्ध मुद्दा दायर गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीबाट १३ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। उनले यस मुद्दामा जम्मा सात जनालाई प्रतिवादी बनाइएको जानकारी दिए। मुद्धा भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित रहेको आयोगले जनाएको छ।
क्यानका कर्मचारीहरू उप-प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी कायम गरिएको छ ।

