काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राति सम्पन्न विश्वकपको समूह चरणको ड्र मा ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ ।
अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।
प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।
साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।
आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।
कुन समूहमा कुन देश?
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया (प्लेअफ डीको विजेता)
समूह बी : क्यानडा (प्लेअफ एको विजेता), कतार, स्विट्जरल्यान्ड
समूह सी : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया (प्लेअफ सीको विजेता)
समूह ई : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान (प्लेअफ बीको विजेता), ट्युनिसिया
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल (प्लेअफ २ को विजेता), नर्वे
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के: पोर्चुगल (प्लेअफ १ को विजेता), कोलम्बिया, उज्बेकिस्तान
समूह एल: इङ्गल्यान्ड, क्रोएसिया, घाना, पानामा
विश्वकप २०२६ आगामी ११ जुन देखि १९ जुलाइसम्म हुनेछ।


