काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका–११ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन यहि मंसिर २७ गते शनिबार हुने भएको छ ।
अधिवेशन बिहान ११ः३० बजे चिति तिलाहरस्थित खुल्ला चौरमा हुने लमजुङ–काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले जानकारी दिए ।
कार्यक्रमको प्रमुख वक्ता पार्टीका केन्द्रीय संगठन विभाग सदस्य धर्म के.सी. रहनेछन् । अधिवेशनमा पार्टीका वडा कार्यकर्ता, स्थानीय समर्थक र विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमले वडा स्तरमा संगठन सुदृढ पार्ने र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने लमजुङ–काठमाडौं सम्पर्क समितिका संयोजक शर्माले जानकारी दिए ।


