काठमाडौं । मनाङमा आज दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा ४.७ म्याग्निच्युडकाे भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु मनाङको थोचे आसपास रहेको थियो। पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेको छ।
यसअघि पुस २३ गते दार्चुलामा ४.३ म्याग्निच्युड र पुस २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

