काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ। समायोजन गरिएको मूल्य आज राति १ बजेबाट लागू हुने छ।


