काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।
चालू आवको मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। समीक्षा अवधिमा लक्ष्यभन्दा १ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ कम राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
मंसिरमा मात्रै ८० अर्ब २७ करोड राजस्व संकलन भएको छ। मंसिरमा सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। मंसिरमा राजस्व लक्ष्यको ८४.३१ प्रतिशत प्रगति हासिल भएको छ।

