काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गरिएको छ । प्रदेश सरकारको निरन्तरता र राजनीतिक समर्थन पुष्टि गर्न मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिन लागेको सचिवालय स्रोतले जनाएको छ ।


