काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको छ। लगातार तीन दिन बढेको बजार यस दिन घटेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.६३ अंक, फ्लोट इन्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंकले घटेको छ। तर, बजार घटेपनि कारोबार रकम बढेको छ। बिहीबार २५९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ।
आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। **सिन्धु विकास बैंकको शेयर ९.५६% ले बढेको छ भने बाराही हाइड्रोपावरको शेयर ४.७६% घटेको छ।
कारोबार रकमको हिसाबले बाराही हाइड्रोपावर शीर्ष स्थानमा छ, जसको २४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, राधी विद्युत् १८ करोड ३५ लाख र बुटवल पावर १६ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। व्यापार, निर्जीवन बीमा र होटल उपसमूहले सामान्य वृद्धि देखाए भने वित्त र अन्य उपसमूहको परिसूचक १% भन्दा बढीले घटेको छ।

