काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत र धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । भैरहवाबाट रिहा भएलगत्तै लामिछाने चितवनतर्फ लागेका छन् । उनी आज चितवनमै बास बस्ने रास्वपा नेताहरूले जानकारी दिएका छन् । चितवन रविले चुनाव लडेको जिल्ला हो ।

