लमजुङ । आएको दुई महिना नबित्दै लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेको सरुवा गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो।
डा. पाण्डे कार्तिक महिनाको अन्तिम साता लमजुङको प्रमुख जिल्ला अधिकारीका रूपमा पदबहाली गरेका थिए। छोटो समयमै सरुवा भएपछि प्रशासनिक वृत्तमा चासो बढेको छ।
उक्त मन्त्रिपरिषद् बैठकले डा. पाण्डेसहित कुल ६० जना सहसचिवको सरुवा गरेको सरकारको स्रोतले जनाएको छ। सरुवासँगै विभिन्न मन्त्रालय तथा निकायमा प्रशासनिक जिम्मेवारीमा फेरबदल गरिएको छ।

