काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले दुई चरणमा आइपीओ निष्कासन गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।

