काठमाडौं । नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ बाहेक सबै घटेका छन्। आज कुल ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३३२ कम्पनीका ९१ लाख ६७ हजार सेयर कारोबार हुँदा लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।
नेप्से १३.८८ अंकले घट्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से १३.८८ घट्दा ५४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः एसवाई प्यानल, सीवाईसी नेपाल लघुवित्त, पियोर इनर्जी, हिमालयन पावर पाटनर, लुम्बिनी विकास बैंक रहेका छन्।

