लमजुङ । लमजुङको दोर्दी–७ मा भालुले आक्रमण गर्दा एकजना घाइते भएका छन्। २६ वर्षीय रस बहादुर तामाङ गोठतिर जाँदै गर्दा भालुले आक्रमण गरेको थियो। उनको अनुहार, दुवै हात र वाँया खुट्टामा चोट लागेको छ।
घाइते तामाङलाई उपचारका लागि चितवनस्थित एलाईभ अस्पतालमा लगिएको छ। उनकाे अवस्था मध्यम रहेको चिकित्सकहरूले बताएका छन्।

