काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार १०.५३ अंकले गिरावट आएको छ। सेयर बजार बढ्ने घट्ने हुँदै अन्तिम अवस्थमा गिरावट हुँदै बन्द भएको हो। योसँगै आज सेयर बजार परिसूचक २६२३ विन्दुमा पुगेर बन्द भएको छ।
कारोबार भएकामध्ये आज एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसको विपरीत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज ८५ कम्पनीको मूल्यमा सकारात्मक हुँदा १६५ कम्पनीको मूल्य गिरावट आएको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

