काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटीको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतलाई सिफारिस गरेको छ ।
नेताहरू जमिन्द्रमान घले, प्रदेश सचिव धनञ्जय दवाडी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकुमार विष्टले जानकारी दिए ।

