एजेन्सी । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएको भएपनि न्युयोर्क टाइम्सले कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।
न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरू मारिएका छन् ।

