काठमाडौं । अन्नपूर्ण अस्पताल, पोखरा र गण्डकी–मझौला मिनी ट्रक संचालक समितिबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार समितिका पदाधिकारी र सदस्य तथा उनका परिवारका लागि अस्पतालमा विशेष छुटमा उपचार उपलब्ध गराइनेछ ।
समितिका सवारी साधन दुर्घटनामा परेमा अस्पतालले घाइतेलाई प्राथमिकतासहित उपचार गर्नेछ । अन्नपूर्ण अस्पतालका अध्यक्ष सन्तोष पाण्डे र समितिका अध्यक्ष मनोज रसाइलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपछि अध्यक्ष रसाइलीले समितिका सदस्य र परिवार दुर्घटनामा परे उपचारमा सहज हुने जानकारी दिए । अस्पतालले उपचारसँगै सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिइरहेको अध्यक्ष पाण्डेले उल्लेख गरे । पछिल्लो समय हाडजोर्नी तथा नसा उपचारमा विशेष पहिचान बनाएको अन्नपूर्ण अस्पतालसँग सहकार्य गर्न समिति तयार भएको रसाइलीले जानकारी दिए ।

