काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. १० स्थित लोकतान्त्रिक चोकमा रहेको शुभम् अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा यम कुमार श्रेष्ठ चयन भएका छन् ।
अस्पतालको चौथो वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । हस्पिटलको उपाध्यक्षमा रूपेन्द्र विक्रम भण्डारी, सचिवमा सरोज के.सी., तथा कोषाध्यक्षमा मिलन बज्राचार्य चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा डा. प्रदीप विक्रम सिंह, कृष्ण हरि महर्जन, मधु मिश्र, रमेश लामिछाने र अक्कल बहादुर ढुङ्गाना चयन भएका छन् । नवगठित कार्यसमितिको कार्यकाल चार वर्षे रहने छ ।
नेपालको स्वास्थ्य क्षेत्र महंगो रहेको गुनासो आइरहेका बेला आमनागरिकलाई अस्पतालले शुलभ रुपमा स्वास्थ्य सेवा दिँदै आएको छ ।
अस्पतालबाट तारकेश्वर नगरपालिकामा बस्ने नागरिक र नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायतका काठमाडौंसँग नजिक रहेका जिल्लादेखि देशभरका नागरिकहरुले सेवा लिँदै आएका छन् ।
अस्पतालले २४सैँ घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्दै आएको छ ।

