काठमाडौं । चितवनबाट काठमाडौँ आउँदै गरेको कारमा चार राउन्ड गोलीसहित पेस्तोल भेटिएको छ।
चन्द्रागिरी नगरपालिका-२, नागढुंगाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा बा १९ च ६९० नम्बरको कारमा पेस्तोल भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार, कारमा झोलाभित्र लुकाई राखेको अवस्थामा पेस्ताल र चार राउन्ड गोली भेटिएको हो।
कारमा सवार काठमाडौँको कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए।

