काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा आयोजित एक विशेष समारोहबिच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता तथा विकास निर्माणलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको पार्टीले जनाएको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, स्थायी समिति तथा केन्द्रीय नेतृत्वका शीर्ष नेताहरूको उपस्थिति थियो ।

