काठमाडौं । शुभम् इन्टरनेशनल हस्पिटलले यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन र्यापिड रेस्पोन्स टिम (आरआरटी) गठन गरेको छ।
अस्पतालले डा. प्रदीप विक्रम सिंहको संयोजनमा चिकित्सक, नर्स तथा प्राविधिकसहितको विशेष टोली तयार गरेको हो । निर्वाचन अवधिभर सम्भावित आकस्मिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उक्त टोली २४सै घण्टा तयारी अवस्थामा रहने अस्पताल प्रशासनले जानकारी दिएको छ।
मतदानका दिन वा निर्वाचनसँग सम्बन्धित भीडभाड तथा अन्य कारणले उत्पन्न हुन सक्ने स्वास्थ्य जटिलतालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले टोली परिचालन गरिने जनाइएको छ।
मनमैजु–१०, तारकेश्वर, काठमाडौंमा अवस्थित अस्पतालले आपतकालीन अवस्थामा ९८४०१८४९८८ र ०१–४०२७३०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
“सुरक्षित निर्वाचन, स्वस्थ नागरिक” भन्ने मूल नारासहित अस्पतालले निर्वाचनलाई स्वास्थ्य सुरक्षाका हिसाबले सहज र सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

