काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भएको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापन र समन्वयसम्बन्धी तयारीबारे समीक्षा गरिएको थियो।
सबै जिल्लाबाट कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसकेको तथा सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ। बैठकले निर्वाचन सुरक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक सतर्कता अपनाउने र समन्वय सुदृढ गर्ने समझदारी समेत गरेको छ।

