लमजुङमा एमालेका उम्मेदवार पृथ्बीसुब्बा गुरुङले अग्रता लिएका छन् । क्व्होलासोथार गाउँपालिका चढ्दा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अघि बढेका छन् ।
दूधपोखरी गाउँपालिकाको मत गन्दा रास्वपा र कांग्रेसले पछि पारेका पृथ्वीसुब्बा गुरुङ क्व्होलासोथार गाउँपालिका ३ पुग्दा अघि बढेका हुन् ।
क्व्होलासोथार गाउँपालिका २, ३, ५, ६, ७ र ८ को गणना भइसकेको छ ।
हालसम्म ८ हजार १ सय ३५ मत गणना हुँदा पृथ्वीसुब्बा गुरुङले २ हजार ६ सय ८५ मत ल्याएका छन् । कांग्रेसका गमप्रसाद गुरुङले २ हजार २ सय ७५ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार धर्मराज केसीले २ हजार १ सय ८३ मत ल्याएका छन् । नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ३८ मत ल्याएका छन् । ३ सय १९ मत बदर भएका छन् ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो ।
महिला ५५ दशमलव ८९ प्रतिशत र पुरुष ५३ दशमलव ५९ प्रतिशत मत खसेको छ । कुल मतदाताको ५४ दशमलव ७६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

