काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित झापा–५ बाट विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक अन्तिम मत परिणामअनुसार बालेन ६८ हजार ३४८ मत प्राप्त गरी झापा–५ बाट निर्वाचित भएका हुन् ।
उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् । झापा–५ मा पहिलो पटक चुनाव लडेका बालेनले यस क्षेत्रबाट २०४८ यता लगातार आठौं पटक चुनाव लडेका ओलीलाई सर्वाधिक ४९ हजार ७१४ मतान्तरले पराजित गरेका हुन् ।
यसअघि २०७४ सालमा ओली झापा–५ बाट मुलुकभरमै सर्वाधिक ५९ हजारभन्दा बढी मत ल्याएर सांसद निर्वाचित भएका थिए । तीन वर्ष अघि २०७९ मा पनि ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए ।

