काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा दुई वटा फर्मलाई जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्दै ती फर्ममाथि आर्थिक दण्ड तोकेको जनाएको छ।विभागका अनुसार एकै दिन गरिएको अनुगमनमा कूल १३ वटा फर्मको निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुर थिमीस्थित सिन्धु फलफूल तथा फ्रेस सेन्टरलाई २० हजार जरिवाना गरिएको छ।त्यस्तै, नयाँ बानेश्वरस्थित पञ्चकन्या त्रिदेव डेरी पसललाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

