काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे राजीव गुरुङ जेलबाट छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।
चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि २०६१ वैशाख ३१ मा काठमाडौंको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् ।

