काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पदमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
यसअघि वामपन्थी नेता वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएपछि मनोनित कोटा रिक्त थियो ।

