काठमाडौं । दार्चुलाको मुराइ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुराइ केन्द्रविन्दु भएर बिहान ३ः५१ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरी ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। गत फागुन २२ गते बझाङ चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

