काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ । सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो । भोलीको बैठक सभापति थापाकै अध्यक्षतामा बस्ने उनले बताए ।

