काठमाडौं । रास्वपा संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह देशको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका छन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त रास्वपा संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई शुक्रबार दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री बालेनसहित अन्य मन्त्रीहरुलाई पनि शुक्रबार नै शपथ खुवाउने तयारी गरिएको छ ।
हालसम्म मन्त्री बन्ने १६ जनाको नाम टुंग्याइएको बताएको छ । जसअनुसार,
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुधन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासनमन्त्री
६. गनेस पौडेल — पर्यटनमन्त्री
७. अमरेशकुमार सिंह— उद्योगमन्त्री
८. सुनिल लम्साल— भौतिक पूर्वाधारमन्त्री
९. गीता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोविता गौतम– कानुन मन्त्री
१४. विराजभक्त श्रेष्ठ- ऊर्जा मन्त्री
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दीपक साह – श्रममन्त्री

