काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी बिहीबार बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार संसद बैठकको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयका आधारमा राष्ट्रपति पौडेलले संसद बैठकको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरेको थियो। गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलो पटक संघीय संसद्को अधिवेशन बोलाइएको हो।

