काठमाडौं । चिती सेवा समाजले नववर्ष २०८३ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान, वनभोज, भित्तेपात्रो विमोचन तथा सांस्कृतिक एवं खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार काठमाडौं महानगरपालिका टोखा–२ स्थित चण्डेश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य धर्मराज केसीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै भित्तेपात्रो विमोचन गरिएको थियो भने सहभागीहरूबीच विविध सांस्कृतिक प्रस्तुति र खेलकुद गतिविधिहरू सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्देश्य आपसी भाइचारा, एकता तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने रहेको आयोजकले जनाएको छ।
चिती सेवा समाजले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
यसै अवसरमा बेसीशहर–११ की अनिता नेपालीका लागि सहयोग संकलन गरिएको छ। समाज तथा सहभागीहरूको स्वस्फूर्त सहयोगबाट कुल ६० हजार ५०० रुपैयाँ संकलन भएको हो। यसमध्ये चिती सेवा समाजको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरिएको छ भने बाँकी रकम कार्यक्रममा सहभागीहरूले संकलन गरेका हुन्।

