काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत संयुक्त पेसागत संगठनहरूको दबाबपछि सरकारी अस्पतालहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ।
निर्णयअनुसार अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ। यद्यपि आकस्मिक सेवा तथा अन्तरंग (इनडोर) सेवा भने २४सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्वास्थ्य संस्थामा समेत दुई दिन बिदा लागू गरिएको हो।
सरकारको यस निर्णयले अस्पताल सेवामा पर्ने प्रभाव र व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल जारी रहेको बताइएको छ।— सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत संयुक्त पेसागत संगठनहरूको दबाबपछि सरकारी अस्पतालहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ।
निर्णयअनुसार अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ। यद्यपि आकस्मिक सेवा तथा अन्तरंग (इनडोर) सेवा भने २४सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्वास्थ्य संस्थामा समेत दुई दिन बिदा लागू गरिएको हो।
सरकारको यस निर्णयले अस्पताल सेवामा पर्ने प्रभाव र व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल जारी रहेको बताइएको छ।