काठमाडौं । रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
सरकारले स्वीकृतिका लागि कुल ६ वटा अध्यादेश सिफारिस गरेको भए पनि हालसम्म सहकारी (पहिलो संशोधन) अध्यादेश मात्र जारी गरिएको छ।


