काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठक प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको थियो। परिषद्ले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको जनाएको छ।
यसैबीच, नेपाल बार एसोसिएसनले उक्त सिफारिसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। बारले शुक्रबार आकस्मिक बैठक बोलाएर सिफारिसको विषयमा छलफल गर्ने जनाएको छ।
बारको बैठकपछि सिफारिसप्रति संस्थागत धारणा सार्वजनिक गरिने बताइएको छ।

