काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा प्रदेश कार्यालयमा कार्यरत सहसचिवहरूको एकैपटक सरुवा गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश तथा हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदीप कुमार कोइराला, बलराम निरौला, डा. पुष्पराज शाही र भूपेन्द्र थापालाई गृह मन्त्रालय मा सरुवा गरिएको छ । पवन कुमार तिमिल्सेनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।
भूमि व्यवस्था मन्त्रालयतर्फ योगेन्द्र प्रसाद दुलाल, सुशील ढकाल, रामकुमार महतो, बाबुराम गौतम र आरती न्यौपाने सरुवा भएका छन् ।
त्यस्तै रेशमलाल कँडेललाई कलैया उपमहानगरपालिका, राजेश्वर ज्ञवालीलाई प्रदेश प्रमुख कार्यालय कोशी प्रदेश, रोशन ज्ञवालीलाई मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश तथा कृष्णप्रसाद सापकोटालाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।
प्रदीपराज अधिकारीलाई आदिवासी जनजाति आयोग, युवराज अधिकारी, मोतिराम सापकोटा र बुद्धबहादुर गुरुङलाई उद्योग मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई कृषि मन्त्रालय पठाइएको छ ।
यसैगरी हेमराज तामाङलाई युवा मन्त्रालय, विजयकुमार शर्मालाई विराटनगर महानगरपालिका, टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिका तथा वसन्तबहादुर बोहोरालाई वीरगन्ज महानगरपालिका मा सरुवा गरिएको छ ।
सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी र कार्यसम्पादनमुखी बनाउन सरुवा गरिएको जनाएको छ ।

