काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । पौडेललाई सोमबार नै (आज) काठमाडौं ल्याउने तयारी गरिएको छ । पौडेलेको भैँसेपाटीस्थित निवासबाट पनि विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेल पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका थिए । कार्यक्रमस्थलबाटै उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

