काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। र्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सभापति पदमा लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।
सभापति पदका लागि लामिछानेले वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रस्तावक र ५१ प्रतिनिधिलाई समर्थक राख्दै उम्मेदवारी दर्ता गराएका थिए। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्विरोध चयनसँगै लामिछानेले पुनः पार्टी नेतृत्व सम्हाल्ने भएका छन्। रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेका बेला लामिछानेको निर्विरोध चयनलाई पार्टीभित्रको एकताका रूपमा हेरिएको छ।
पार्टीका नेता तथा कार्यकर्ताले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

