काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित १५ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्का को इजलासले मंगलबार फैसला सुनाउँदै उनीहरूलाई कसूरदार ठहर गरेको हो। अदालतले दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश दिएको छ।
करिब तीन वर्षअघि दायर भएको यस मुद्दामा अदालतले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल लाई दोषी ठहर गरेको हो।
यस्तै अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा का छोरा प्रतिक थापा, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी सहित ७ जनालाई भने आरोपबाट सफाइ दिएको छ।
बहुचर्चित यस प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण अदालतको आगामी आदेशअनुसार हुनेछ।

