काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेश सरकारमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार, राष्ट्रिय महिला आयोगमा कार्यरत सहसचिव शंकरहरि आचार्य लाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव देवराज जोशी लाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव ध्रुव घिमिरे लाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ।
सरकारले प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

