काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनलाई काठमाडौं गोर्खाजले टोलीमा अनुबन्ध गरेको हो।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको जानकारी दिएको छ। उनी एनपीएल खेल्न नेपाल आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी बनेका छन्।
यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने संकेतसहित सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उक्त पोस्टलाई वार्नरले लाइक गरेपछि उनी एनपीएल खेल्न आउने चर्चा थप बलियो बनेको थियो। काठमाडौं गोर्खाजले सार्वजनिक गरेका संकेतबाट पनि वार्नर नै टोलीमा आउने अनुमान गरिएको थियो।
गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाका अनुसार वार्नरलाई अनुबन्ध गर्न महिनौँदेखि छलफल भइरहेको थियो। त्रिवि क्रिकेट मैदानमा वार्नरले काठमाडौंको प्रतिनिधित्व गर्ने सम्भावना साकार हुनु सबै प्रयासको परिणाम भएको उनले बताएका छन्।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। उनले अस्ट्रेलियाका लागि क्रिकेटका तीनवटै ढाँचामा शतक बनाएका छन्।
वार्नरले टी–२० अन्तर्राष्ट्रियमा ११० खेलबाट ३ हजार २०० भन्दा बढी रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा भने उनले ४३९ खेल खेल्दै १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) तथा भाइटालिटी ब्लास्टलगायत विभिन्न टी–२० प्रतियोगिता खेलिसकेका छन्।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल…
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९…
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, September 15
ताजा :
- डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमाडौं गोर्खाजमा आबद्ध
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड बढी जम्मा
- नौ उपसचिव र ५२ अधिकृतको सरुवा, अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत
- रसुवाका बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
- रसुवा–भोटेकोशी बाढीले कृषिमा ठूलो क्षति, पशुपन्छीतर्फ मात्रै १ अर्ब ११ करोडभन्दा बढी
- बाढी प्रभावित क्षेत्रका सांसद र पालिका प्रमुखहरूसँग प्रधानमन्त्रीले गरे छलफल
- ‘सुनेको रे’ ले बिगार्दैछ सम्बन्ध, सत्य बुझ्ने बानी कहिले बसाल्ने ?
- प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समय टिक्दैनन् : ओली
- भोटेकोसी–त्रिशूली बाढी : ७ हजार ५७० निजी भवनमा क्षति, पुनःस्थापनाका लागि ९५ अर्ब बढी आवश्यक
- कृष्णभीरमा परीक्षण सफल, काठमाडौं-चितवनतर्फ २० सवारीसाधन पार गराइयो
डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमाडौं गोर्खाजमा आबद्ध
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

