काठमाडौं । संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका लगायत १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको हो।
समितिबाट अनुमोदित नाममध्ये भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी रहेका छन्।
त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झाको नाम अनुमोदन भएको छ।
यसअघि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

