ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको समाचार सार्वजनिक भएको छ। उक्त विवरणमा आइतबार भएको दोस्रो चरणको निर्वाचनमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुला विजयी भएको उल्लेख छ।
ब्राजिलको निर्वाचन अदालतले सबै मत गणना हुँदा लुलाले ५१.८ प्रतिशत मत प्राप्त गरेको र फ्लाभियोलाई करिब ४४ लाख मतले पछि पारेको जनाएको छ। पहिलो चरणमा फ्लाभियोले लुलालाई २२ लाखभन्दा बढी मतले पछि पारे पनि दोस्रो चरणमा लुलाले पुनरागमन गरेको दाबी गरिएको छ।
लुलाको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ देखि सुरु हुने उल्लेख छ। उनको जितपछि साओ पाउलो र रियो दि जेनेरियोलगायत सहरमा समर्थकले खुसी मनाएको विवरणसमेत प्रस्तुत गरिएको छ।
लुलाको राजनीतिक यात्रा सन् १९७० को दशकमा मजदुर युनियन नेताका रूपमा सुरु भएको थियो। उनी पहिलो पटक सन् २००३ मा ब्राजिलको राष्ट्रपति बनेका थिए। भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल परेका उनको सजाय पछि रद्द भएको थियो। सन् २०२२ मा जैर बोल्सोनारोलाई पराजित गर्दै उनी पुनः राष्ट्रपति बनेका थिए।

