काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतवार नै पेस गर्न आदेश दिएसँगै लामिछाने विदेश जान नपाउने भएका हुन् ।
लामिछानेले विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवार पेशी तोक्न आदेश दिएको छ ।
सोमबारदेखि सुरु हुने नेपालको आठौँ शृंखलामा यूएई र पपुवा न्युगिनीसँग दुई÷दुई खेल हुँदैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।