काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई कांग्रेस सहीत ८ दलको समर्थन छ।
पूर्व सभामुख रहेका नेता पौडेलले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।